Rule 7
चलचित्र घर जाँच समिति

७. चलचित्र घर जाँच समिति

नयाँ निर्माण भएको चलचित्र घर जाँच गर्नको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको चलचित्र घर जाँच समिति रहनेछः

(क) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत कर्मचारी – अध्यक्ष
(ख) प्रमुख, शहरी विकास कार्यालय – सदस्य
(ग) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला विकास समितिको कार्यालय – सदस्य
(घ) प्रतिनिधि, चलचित्र विकास बोर्ड – सदस्य
(ङ) प्रतिनिधि, नेपाल चलचित्र संघ – सदस्य